Premier Cables
Premier Steel

अर्थ विराटनगर

अर्थमन्त्रीसँग व्यापार संघको आग्रह: भारतीय जीएसटीअनुसार आयात दर परिमार्जन गरियोस

Calendar बुधबार, आश्विन ०८, २०८२  | राती ९:०० बजे

विराटनगर । मोरङ उद्योग व्यापार संघले संघीय अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेको छ ।

कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीले स्वागत  गर्दै  विद्यमान अवस्थामा उद्योग व्यवसाय क्षेत्रको संरक्षण तथा मुलुकको अर्थतन्त्रको विकासका विषयहरुमा संघको धारणा र सुझावहरु प्रस्तुत गरे ।
अध्यक्ष राठीले मुलुकको विद्यमान समस्याहरुलाई तत्कालिन, मध्यकालिन र दीर्घकालिन नीतिहरु अवलम्बन गर्नु पर्ने सुझाव दिए ।

बिज्ञापन

तत्कालिक कदमहरु स्वरुप अध्यक्ष राठीले भारतको जीएसटी दरहरुअनुरुप नेपालका आयात दरहरु परिमार्जन गर्नुपर्ने भन्दै संघद्वारा तयार पारिएको करिब ५० वस्तुहरुका नेपाल र भारतको कर प्रणालीको तुलनात्मक तालिका प्रस्तुत गरे ।

साथै, उद्योग-व्यवसाय दुवैलाई लक्षित बहुदरको मु.अ.कर लागू गर्नु पर्ने, नेपाली निर्यातकर्ताहरुलाई समय मै बीआइएस प्रमाण-पत्र दिलाउन भारत सरकार समक्ष कुटनैतिक पहल गर्नु पर्ने, उत्पादनमुलक उद्योगहरुको हकमा ४० प्रतिशतको चालु पुँजी कर्जा सीमा खारेज गर्नु पर्ने, धितोपत्र कारोबारलाई अझ सुदृढ बनाउनु पर्ने तथा आईपीओ सम्बन्धी कार्यहरुलाई शिघ्रतापूर्वक अधि बढाउनु पर्ने लगायतका तत्कालिक कदमहरु अध्यक्ष राठीले सुझाव स्वरुप प्रस्तुत गरे ।‌

त्यस्तै, मध्यकालीन कदम स्वरुप विगतमा विदेशी मुद्रा संचितिको अभावमा आयातमा प्रतिबन्ध लगाइएका खाद्यान्नको आयात हाल खुल्ला गर्नु पर्ने, औद्योगिक मिल मेसिनरी आयातमा सहजीकरण एवं सहुलियत प्रदान गर्नु पर्ने, स्वदेशी उद्योगहरुलाई ५ वर्ष सम्मका मु.अ.कर र करहरुमा राहत दिनु पर्ने, नेपालका लागि कायम न्यून अमेरिकी टेरिफ दरहरुबाट लाभ उठाउन सकिने नीतिहरु ल्याउनु पर्ने, भारतको सीमावर्ति राज्यका ३० करोड जनसंख्यालाई लक्ष्य गरी उद्योगहरुको स्थापना गर्न सकिने नीतिहरु ल्याउनु पर्ने, रि-प्रोसेसिङ उद्योगहरु स्थापना गर्ने नीति ल्याउनु पर्ने, निर्यात अनुदानमा वस्तुहरु बीचको भेदभाव अन्त्य गर्नु पर्ने, पाम आयलको निर्यातमा सहजीकरण गर्नु पर्ने, विराटनगरको रेल्वे कार्गो संचालनमा ल्याउन दररेटहरु घटाउनु पर्ने, चार्टर्ड एकाउन्टेन्ट सहितको सहभागितामा डेब्ट रिकोभरी काउन्सील स्थापना गर्नु पर्ने, कच्चा पदार्थ र तयारी वस्तुको आयातमा उचित भन्सार दर अन्तर कायम गर्नु पर्ने, नयाँ लगानीमैत्री नीतिहरु ल्याउनु पर्ने, कृषि क्षेत्रमा लागू रहेका मु.अ.कर सहित सबै प्रकारका करहरु पूर्ण रुपमा खारेज गर्नु पर्ने आदि सुझावहरु दिए ।

साथै, अध्यक्ष राठीले दीर्घकालीन कदमहरु अन्तरगत सरकारले ऊर्जा, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा लगानी बृद्धि गर्नु पर्ने, राजस्व केन्द्रित परियोजनाहरुमा बढि लगानी गर्नु पर्ने, लगानी भएका परियोजनाहरुको कार्य समय मै सम्पन्न गर्ने नीति लिनु पर्ने लगायतका सुझावहरु प्रस्तुत गरे ।

कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघ, कोशीका अध्यक्ष पवन कुमार सारडा, संघका पूर्व अध्यक्ष सुरेश कुमार शर्मा लगायतले पनि आ-आफ्ना धारणा प्रकट गरे ।‌

मुख्यमन्त्री रामेश्वर खनालज्यूले जेनजी पुस्ताले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न आन्दोलन गरेकोमा उनीहरुको सकारात्मक माग अनुसार सरकारी प्रणालीलाई भ्रष्टाचारमुक्त बनाउँदै निजी क्षेत्रमा पनि सुधारात्मक कार्य गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराए ।

कर प्रशासनलाई पारदर्शी र सरल बनाउन, लगानी आकर्षित गर्न र आर्थिक विकासलाई गति दिन सरकार निरन्तर प्रयत्नशील रहेको प्रष्ट पार्दै संघबाट प्रस्तुत भएका सुझावहरु समाधान गर्न तथा निजी क्षेत्रसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka