






आन्दोलनकारीले भत्काएको तीनमैनीको बिट
विराटनगर । दशैं आई सकेको छ । अहिले बजारमा किनमेल गर्नेहरुको घुइँचो देखिन्छ । विराटनगर बजार पनि भिडभाड हुन थालेकोछ ।
तर, सडकमा ट्राफिक प्रहरीको अनुपस्थितिले धेरै यात्रुलाई समस्या हुन थालेको छ । सर्वसाधारणले ट्राफिक प्रहरीको उपस्थिति खोजेका छन् । तर, जेनजी आन्दोलनका क्रममा ट्राफिक प्रहरीले बसेर तथा उभिएर सेवा दिने ट्राफिक बिटहरु आगजनी भएपछि अहिलेसम्म तिनको निर्माण हुन सकेको छैन ।
विराटनगरका अधिकांश स्थानमा ट्राफिक लाइटमा तोडफोड गरिएका कारण लाइट संचालन हुन सकेको छैन ।
विराटनगरका ६ स्थानमा लाइट बिग्रिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर राजन लम्सालले अहिले राजमार्गका केही भागमा ट्राफिक प्रहरीले नियमित काम शुरु गरेपनि भित्री सडकहरुमा शुरु हुन सकेको छैन । लम्सालले भने,‘‘तीनपैनी चोकमा नेपाल प्रहरीको टोलीसँगै खटिएका छौं ।’’ उनले आन्दोलनका क्रममा सवारी साधनसमेत तोडफोड गरिएकोले चेकिङका लागि हिंड्न सक्ने अवस्था पनि नरहेको बताए । कंचनबारी र बरगाछी चोकमा भने टरफिक प्रहरी खटिएको लम्सालले बताए ।
एक्लै खट्ने अवस्था नरहेको र माथिबाट समेत कुनै निर्देशन नआएको उनले सुनाए । ‘‘एक्लै खटाउन माथिको आदेश दिएको छैन । सुरक्षा विचार गरेर खटिने भन्ने छ ’’ उने भने । अहिले चेकजाँचमा निस्कन विराटनगरका ट्रफिक प्रहरीसँग बाइकसमेत छैन् । केशलिया, तीनपैनी, जलजला चोक, ट्राफिक चोकलगायतका ठाउँमा बिट बनाउन पर्ने बताइएको छ ।