Premier Cables
Premier Steel

राष्ट्रिय

चप्पल र सामान्य लुगा लगाएर सडकमा खटिए ट्राफिक प्रहरी

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३१, २०८२  | बिहान ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । हालैका जनआन्दोलन र विरोध प्रदर्शनका क्रममा ट्राफिक प्रहरीको बर्दी(पोशाक) जलाइएको र बुट लुटिएको घटनाले नयाँ समस्या समस्या उत्पन्न भएको छ । परिणामस्वरूप, काठमाडौंका सडकहरूमा खटिएका ट्राफिक प्रहरी चप्पल र सामान्य लुगा लगाएर ड्युटी गर्न बाध्य भएका छन्।

ट्राफिक व्यवस्थापन जटिल हुँदै गएको समयमा पनि राजधानीका ट्राफिक प्रहरी आफ्नो जिम्मेवारीबाट पछि हटेका छैनन्। पोशाक नभए पनि उनीहरू दिनरात सडकमा खटिएर सवारी व्यवस्थापनमा जुटिरहेका छन्।

बिज्ञापन

एक ट्राफिक प्रहरी जवानले भने,’हामीसँग अहिलेलाई पोशाक छैन, बुट छैन, तर काम भने रोकिएको छैन। राजधानी चलायमान राख्न हामी चप्पलमै भए पनि सडकमा उभिएका छौं।’

नेपाल प्रहरीका अनुसार, प्रदर्शनकारीहरूले विभिन्न ट्राफिक पोस्टहरूमा आक्रमण गरी पोशाक, बुट र अन्य सामग्री लुटपाट गरेका थिए। कतिपय स्थानमा पोशाकमा आगजनी समेत गरिएको थियो।

सुरक्षाकर्मीमाथिको यस्तो आक्रमण आपत्तिजनक छ। यथाशीघ्र नयाँ पोशाक र बुट वितरण गर्ने तयारी भइरहेको छ।

यस अवस्थाले ट्राफिक सुरक्षामा जोखिम त बढाएको छ, तर ट्राफिक प्रहरीको समर्पणले राजधानी अझै सञ्चालनमै छ भन्ने सन्देश दिएको छ। उनीहरूका अनुसार, जनताको सुरक्षा र सहज यात्रा नै अहिलेको मुख्य प्राथमिकता हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa