Premier Cables

समाचार

रोटरी क्लब विराटनगरद्वारा जेन्जी आन्दोलनका शहीदलाई श्रद्धाञ्जली

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०५, २०८२  | राती ८:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । केही समयअघि देशभर भएको जेन्जी आन्दोलनमा शहीद भएका ७२ जनालाई श्रद्धाञ्जली अर्पण गर्दै रोटरी क्लब विराटनगरले सामाजिक सेवा कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रमअन्तर्गत क्लबले मानव सेवा आश्रममा बसोबास गर्ने सत्तरी भन्दा धेरै आमाहरू र सात-आठ जना भाइहरू (जो हाल डीपीएस स्कूल नजिक नयाँ भवनमा सरेका छन्) लाई एकदिनको भोजन र मिठाई सेवा प्रदान गरेको छ ।

विज्ञापन

उक्त कार्यक्रममा क्लबका अध्यक्ष रोटेरियन गिरिजा सारड़ा, सचिव पूनम राठी र पब्लिक इमेज चेयर पूनम नरेश राठी , प्रेसिडेंट इलेक्ट नोमिनी सोनी नेवटिया एवं कोषाध्यक्ष सपना सिंघलको उपस्थिति थियो।

क्लबका पदाधिकारीहरूले यस पहलले शहीदहरूको सम्झना जोगाउने मात्र नभई स्थानीय वृद्धवृद्धा र बालबालिकाको जीवनमा सहयोग र स्नेहको भावना बढाउने विश्वास व्यक्त गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka