Premier Cables

विराटनगर

अपाङ्गता भएका युवालाई नयाँ आशा: रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विशेष ब्रेस र जुत्ता सहयोग

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ ०५, २०८३  | साँझ ६:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन ले मानव सेवाको भावनालाई आत्मसात गर्दै २० वर्षीय एक अपाङ्गता भएका युवालाई विशेष प्रकारको ब्रेस तथा जुत्ता प्रदान गरेको छ, जसले अब उनलाई कम्मरदेखि खुट्टाको औँलासम्म शरीरलाई सहारा दिँदै उभिन र अभ्यासपछि हिँड्न समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यस मानवीय पहलका लागि क्लबले भारतको दिल्लीबाट प्रसिद्ध विशेषज्ञ डा. कमर जहीरलाई विराटनगर बोलाएको थियो। डा. कमर जहीर ले युवाको विस्तृत शारीरिक परीक्षण गरी आवश्यक मापन लिनुभएको थियो। त्यसपछि विशेष निगरानीमा तयार गरिएको ब्रेस र जुत्ता आज विराटनगरमै फिटिङ गराइएको हो।

विज्ञापन

यो भावुक क्षणमा क्लबकी अध्यक्ष गिरिजा सारड़ा निकै भावविह्वल देखिनुभयो। विशेष आवश्यकता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विषयमा सदैव संवेदनशील रहँदै आउनुभएकी उहाँले “कसैलाई आफ्नै खुट्टामा उभिन सक्ने अवसर दिनु नै सबैभन्दा ठूलो सेवा हो” भन्दै भावुक प्रतिक्रिया दिनुभयो।

कार्यक्रममा रोटेरियन सरिता गोलछा, पूनम राठी , डॉ. ममता वर्मा तथा CBR की उपाध्यक्ष सम्झना प्रधान को पनि उपस्थिति रहेको थियो।

उपस्थित सबैले उक्त युवालाई पहिलो पटक सहारासहित उभिएको देख्दा भावुक बनेका थिए। परिवारका सदस्यहरूको आँखामा खुशीका आँसु देखिन्थ्यो भने उपस्थित सबैले यो पहललाई केवल सहयोग मात्र नभई “नयाँ जीवनतर्फको पहिलो पाइला” को रूपमा व्याख्या गरेका थिए।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले यस्ता मानवीय तथा पुनर्स्थापना सम्बन्धी कार्यहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka