Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
Premier Steel

विराटनगर

रोटरी डाउनटाउनद्वारा शिव आधारभूत विद्यालयमा खेलकुद सामग्री र म्याट हस्तान्तरण

Calendar आइतबार, आश्विन ०५, २०८२  | राती ८:१० बजे

विराटनगर । रोटरी क्लब विराटनगर डाउनटाउनद्वारा शिव आधारभूत विद्यालयमा विविध खेलकुद सामग्री, खेल उपकरण र म्याटहरू हस्तान्तरण गरिएको छ।

विराटनगरस्थित यो विद्यालय दुई वर्षअघि क्लबका पूर्वअध्यक्ष रोटेरियन कुसुम चैनवालाको अध्यक्षतामा क्लबले अंगिकार गरेको थियो।

बिज्ञापन

यसै साता क्लबले विद्यार्थीहरूको खेलकुद गतिविधि सहज बनाउन र खेलमैदानको अभ्यास सुधार गर्न आवश्यक सामग्री हस्तान्तरण गरेको हो।

क्लबका पदाधिकारीहरूले यो पहलले विद्यार्थीहरूमा खेलकुदमा रुचि बढाउने र शारीरिक गतिविधिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka