Premier Cables
Premier Steel

विराटनगर

रोटरी डाउन टाउनको विशेष पुनर्स्थापना शिविरले थपियो उत्साह

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ ०७, २०८३  | साँझ ६:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा महानगरपालिकाको अटिजम केन्द्रमा सञ्चालन गरिएको विशेष पुनर्स्थापना शिविरले बालबालिका, अभिभावक तथा केन्द्रका कर्मचारीहरूमा नयाँ आशा र उत्साह थपेको छ ।

शिविरमा भारतबाट आउनुभएका पुनर्स्थापना विशेषज्ञ डा. अनिल कुमारले केन्द्रमा हेरचाहका लागि दर्ता भएका बालबालिकाहरूलाई व्यक्तिगत रूपमा थेरापी सेवा प्रदान गर्नुभएको थियो । उहाँले प्रत्येक बालबालिकाको अवस्था मूल्यांकन गरी आवश्यक रिपोर्ट तयार पार्नुका साथै केन्द्रका कर्मचारीहरूलाई बालबालिकाको दैनिक हेरचाह, थेरापी अभ्यास तथा सुधारका लागि उपयोगी सुझावहरू पनि दिनुभयो ।

बिज्ञापन

कार्यक्रमको क्रममा महानगरपालिकाको स्वास्थ्य शाखाको टोलीले केन्द्रमा विशेष भ्रमण गर्दै शिविरको अवलोकन गरेको थियो । टोलीले बालबालिकाका लागि भइरहेको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमले अभिभावक र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको थियो ।

क्लबकी अध्यक्ष गिरिजा सारडाले शिविरपछि प्रतिक्रिया दिँदै “यो अनुभव अत्यन्त सन्तोषजनक र भावनात्मक रह्यो । बालबालिकाको अनुहारमा देखिएको खुशी र अभिभावकहरूको आशा नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,” बताउनुभयो ।

उहाँले यस्ता विशेष आवश्यकता भएका बालबालिकाको जीवनलाई सहज, सम्मानित र आत्मनिर्भर बनाउन समाजका सबै पक्षको साथ र संवेदनशीलता आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

शिविरले उपचार मात्र नभई अभिभावक र कर्मचारीहरूलाई आत्मविश्वास, मार्गदर्शन र नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka