२०८२ बैशाख २७, शनिबार
Premier Cables
Hamro Biratnagar Calendar शुक्रबार, बैशाख २६, २०८२

चीनको बेइजिङमा बनेको पाकिस्तानी जेटले बुधबार कम्तीमा दुई भारतीय सैनिक विमानलाई खसालेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

बिज्ञापन

दुई देशबीचको बढ्दो तनावका स्थितिमा भारतीय सेनाका दुई फाइटर विमानलाई पाकिस्तानले लन्च गरेको जेटले खसालेको भनेर दुई अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

बिज्ञापन

अत्याधुनिक किमिसको उक्त जेट ठूलो माइलस्टोनको प्रयोगका लागि परिचित छ । रोयटर्सका अनुसार भारतीय वायुसेनाका प्रवक्ताले यसबारेमा कुनै टिप्पणी गर्ने अवस्थामा नभएको बताएका छन् ।

नाम नखुलाउने शर्तमा एक अमेरिकी अधिकारीले भने, ‘चीनमा निर्मित जे–१० विमानले भारतीय फाइटर प्लेनमाथि मिसाइल परीक्षण गरिरहेकोमा विश्वास गर्न सकिन्छ जसले कम्तीमा दुई फाइटर खसालेको छ ।’

अर्का अधिकारीका अनुसार खसालिएको भारतीय फाइटर विमान फ्रान्समा बनाइएको हो । दुवै अधिकारीले पाकिस्तानको विमानले भारतको फाइटर खसाल्न कुनै भूमिका नखेलेकोमा एक मत दिए ।

उता भारतले भने आफ्नो फाइटरको हानी स्वीकारेको छैन । बरु पाकिस्तानको आतंककारीको अखडामा सफल हवाई आक्रमणको दाबी गरिरहेको छ ।

विश्व शक्ति राष्ट्रहरु अ‍ेमरिका, रुस र चीनले भने आणविक हतियार भएका ति क्षेत्रहरुमा शान्ति कायम राख्न आग्रह गरेका छन् ।

पाकिस्तानले चीनमा बनाएको जेटको प्रयोगले भारतीय सेनाको फाइटर प्लेन खसालेको भनेर पहिलोपटक रिपोर्ट भएको रोयटर्सले उल्लेख गरेको छ ।

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement