Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका: साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बिहिबार, बैशाख २५, २०८२  | राती ९:४५ बजे

भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् ।

अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएका छन् । ‘अहिलेसम्म हामीसँग विस्तृत विवरण छैन, तर परिस्थितिलाई बुझ्ने प्रयास गरिरहेका छौं’, उनले भनेका छन्, ‘त्यहाँ अहिले ब्ल्याक आउट छ ।’

बिज्ञापन

कम्मु कश्मिर प्रहरीका पूर्वमहानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा ठूलो विष्फोट भएको भन्दै बम आक्रमण वा मिसाइल आक्रमणको शंका गरिएको बताएको छ ।भारत वा पाकिस्तान दुवैतर्फ यसबारे विस्तृत विवरण आएको छैन ।

पहलगाममा एक नेपाली र २६ भारतीय नागरिक मारिएको आतंकवादी हमलाको जवाफ भन्दै भारतले दुई दिनअघि पाकिस्तानको ९ स्थानमा हवाई कारबाही गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीले त्यसको जवाफ दिइने भन्दै त्यसको सम्पूर्ण अधिकार पाकिस्तानी सेनालाई दिएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka