Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हाईअलर्टमा भारत : स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षणसंस्था र २७ विमानस्थलहरु बन्द

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख २६, २०८२  | अपराह्न १२:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पाकिस्तानसँग तनाव बढेपछि भारतभर उच्च सतर्कता अपनाएको छ । ६ वटा राज्यमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । सरकारले सुरक्षा निकायहरू हाई अलर्टमा राखेको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार भारत सरकारले पन्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहारमा उच्च सतर्कता अपनाइएको छ । यस्तै पन्जाबका फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर, गुरदासपुर र तरनतारन जस्ता सीमावर्ती जिल्लाका सबै स्कुल र कलेजहरुमा तीन दिन बिदा दिइएको छ । साथै भारत सरकारले देशभरका २७ विमानस्थलहरु बन्द गरेको छ ।

बिज्ञापन

ताजमहलमा उच्च सतर्कता

भारत-पाकिस्तानबीच बढ्दो तनाव र भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ पश्चात् विश्वप्रसिद्ध ऐतिहासिक धरोहर ताजमहलको सुरक्षालाई समेत उच्च सतर्कतामा राखिएको छ ।

ताजमहल क्षेत्रमा विशेष जाँच अभियान चलाइएको छ । वाच टावरहरू निरन्तर निगरानीमा छन्, फिल्ड युनिटहरू सक्रिय छन्, र बुलेटप्रुफ युनिट पनि परिचालनमा छन् ।

ताजमहल आउने–जाने प्रत्येक व्यक्तिमाथि निगरानी राखिएको छ । वरपरका होटलहरूमा पनि सुरक्षा जाँच भइरहेको छ ।

प्रहरीले सर्वसाधारणलाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी दिन आग्रह गरेको छ ।

ताजमहलको प्रवेश बिन्दुबाटै कडाइका साथ चेकिङ भइरहेको छ । सुरक्षा बलहरू ताजमहलको परिसरभित्र र बाहिर दुबै स्थानमा तैनाथ छन् । प्रत्येक आगन्तुकको सोधपुछ गर्ने गरेका छन् ।

निगरानीका लागि ९ वटा चेकिङ बेरियर, ८ वटा बुलेटप्रुफ टोली र ६ वटा वाच टावरलाई सक्रिय बनाइएको छ ।

ताजमहल वरपरका होटलहरूमा सुरक्षा प्रहरी, पर्यटन प्रहरी र ताजगञ्ज थानाको प्रहरीले आगन्तुकहरूमाथि सोधपुछ र जाँच गर्ने गरेका छन् । आवतजावत गर्नेहरूको विवरण समेत संकलन गरिएको ताज सुरक्षा एसीपी सैयद अरीब अहमदले बताए । उनले भनेका छन्, ‘ताजमहलको सुरक्षा थप बलियो पारिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा कमजोर पेट्रोलियम भण्डारणः १५ दिनलाई पुग्ने पेट्रोल मौज्दात, एलपी ग्याँसको परिमाण घट्दो

Clock Iconबुधबार, चैत्र २५, २०८२

बन्द हुने अवस्थामा सुनसरी-मोरङ औद्योगिक करिडोरका प्लाष्टिक उद्योग

Clock Iconबुधबार, चैत्र २५, २०८२

राजश्व परामर्श समितिको छलफल: अर्थमन्त्री आएनन्, विराटनगर आइपुगे अर्थमन्त्रालयका सचिव

Clock Iconमंगलबार, चैत्र २४, २०८२

सरकारी कर्मचारी र पदाधिकारीलाई दिँदै आएको इन्धन सुविधामा कटौती

Clock Iconमंगलबार, चैत्र २४, २०८२

विराटनगरमा पूर्व बजेट छलफल हुँदै, अर्थमन्त्री वाग्ले प्रमुख अतिथि

Clock Iconमंगलबार, चैत्र २४, २०८२

साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा ठूलो अंकको वृद्धि

Clock Iconसोमबार, चैत्र २३, २०८२
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka