Premier Cables
Premier Steel

राजनीति

नेतृत्वको कमजोरी सच्याउन आवश्यक छ: मुख्यमन्त्री कार्की

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०२, २०८२  | अपराह्न १:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेतृत्वमा भएका कमजोरीहरू सच्याउन आवश्यक रहेको बताएका छन्।

बिहीबार विराटनगरमा आयोजित एमाले विराटनगर महानगर कमिटीको भेला तथा पार्टी कार्यालयमा झण्डोत्तोलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हालको चुनौतीपूर्ण परिस्थितिबाट अघि बढ्नु सकारात्मक भएको उल्लेख गरे।

बिज्ञापन

उनले असोज २४ गतेको आन्दोलन जेनजेडको मात्रै नभई विभिन्न स्वार्थ समूहको मिलनबिन्दु भएको टिप्पणी गरे। संविधान र राष्ट्रिय सार्वभौमिकतामाथि आक्रमण भइरहेको उल्लेख गर्दै कार्कीले एमालेले पनि निरन्तर रुपमा भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेको बताए।

“पार्टी नेतृत्वले आफ्ना कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे नयाँ नेतृत्व आउन पनि तयार हुनुपर्छ,” उनले स्पष्ट रूपमा भने।

मुख्यमन्त्री कार्कीले एमालेको नेतृत्वमा रहँदा विकासका काम भएको दाबी गरे। साथै, उनले प्राकृतिक सम्पदामाथि आक्रमण भइरहेको भन्दै नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्नेमा जोड दिए। संविधानमाथि आक्रमणको प्रयासले देश अस्थिर हुन सक्ने भन्दै उनले यसप्रति सबै जिम्मेवार बन्नुपर्ने बताए।

कार्यक्रममा महानगर कमिटी अध्यक्ष बलराम गिरिले युवापुस्ताको आवाज सम्बोधन गर्नुपर्ने बताए। उनले पार्टीभित्रको संगठनात्मक कमजोरी सच्याउँदै समयानुकूल सुधारको खाँचो रहेको उल्लेख गरे।

भेलामा सहभागीहरूले पार्टीभित्र विधि र पद्धति कमजोर हुँदै गएको भन्दै कसैले पनि गल्ती स्वीकार नगरेकोप्रति चिन्ता व्यक्त गरे। कार्यक्रममा प्रदेश कमिटी सदस्य परशुराम बस्नेतलगायतका नेताहरूले पनि आ–आफ्नो धारणा राखेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa