Premier Cables
Premier Steel

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीद्वारा प्रदेश प्रमुख खापुङसँग भेटवार्ता, प्रदेशका समसामयिक विषयमा छलफल

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २८, २०८३  | साँझ ५:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

प्रदेश प्रमुखको निवासमा भएको उक्त भेटवार्ताका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको समग्र शान्ति सुरक्षा, विकास निर्माणका गतिविधि, सुशासन तथा सरकारका कामकारबाहीबारे प्रदेश प्रमुख खापुङलाई औपचारिक जानकारी गराउनुभएको हो।
भेटमा मुख्यमन्त्री कार्कीले प्रदेशको समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सभाका आगामी तयारी तथा सरकारले अघि बढाएका प्राथमिकताप्राप्त योजनाहरूका विषयमा प्रदेश प्रमुखलाई अवगत गराउनुभयो।

बिज्ञापन

सो अवसरमा प्रदेश प्रमुख खापुङले प्रदेशको समृद्धि, शान्ति सुरक्षा तथा बजेट कार्यान्वयनको अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो।

उक्त भेटवार्तामा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलको समेत उपस्थिति रहेको थियो। प्रदेश सरकारको नियमित कामकारबाही र समन्वयका सिलसिलामा मुख्यमन्त्रीले प्रदेश प्रमुखसँग यस्तो भेटघाट गर्दै आउनुभएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa