Premier Cables
Premier Steel

कोशी प्रदेश

विराटनगरबाट संखुवासभा जाँदै गरेको स्कारपियो दुर्घटना, हेयर्ड नेपाल संस्थाका कर्मचारी घाइते

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ १४, २०८२  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । धनकुटाको साँघुरीगढीमा ‘ब्रेक फेल’ भएर स्कारापियो गाडी दुर्घटनामा परेको छ । दुर्घनामा परी पाँच जना घाइते भएका छन् । प्रहरीको प्रारम्भिक अनुमान अनुसार कोशी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ को चारखोले गोलाइमा बुधबार अपरान्ह स्कोरपिओ दुर्घटना भएको हो ।

हेयर्ड नेपाल नामक संस्थाका कर्मचारी लिएर को १ च ६६४० नम्बरको स्कोरपिओ संखुवासभातर्फ जाँदै थियो । अपरान्ह १२ः२० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता, इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर चालक सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का ३८ वर्षीय राकेशकुमार यादव, मोरङको विराटनगर महानगरपालिका–३ की ३३ वर्षीया एन्जिला अधिकारी,उदयपुरको त्रियुगाका ६५ वर्षीय ललित परियार, विराटनगरकै २३ वर्षीया निर्मला गुर्वाजु र उर्लाबारी नगरपालिका–१ की ३० वर्षीया ज्ञानु गौतम घाइते भएका छन् ।

बिज्ञापन

घाइतेमध्ये परियारको अवस्था गम्भीर छ । स्कोरपिओका चालक यादव र विराटनगरकी अधिकारीको अवस्था मध्यम रहेको बताइएको छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka