






विराटनगर । जेनजी सम्वद्ध युवाले सामाजिक सञ्जाल बन्दको विरोधमा कोशी प्रदेशभर विरोध प्रदर्शन गर्दै छन् ।
राजधानी विराटनगर सहित इटहरी, धरान, इधरुवा, दमक, बिर्तामोड लगायतका सहरमा युवाले प्रदर्शन गर्ने तय भएको छ ।
विराटनगरको महेन्द्र चोकमा दिउँसो भेला भएर उनीहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भएका हुन । बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन हुने छ । यसअघि संसारी भाई स्थानबाट शान्तिपूर्ण विरोध जुलुस निस्कने छ । यसका लागि सामाजिक सञ्जालबाट सहभागिताका निम्ति आह्वान भएको छ ।
विभिन्न सोसियल प्लेटफर्ममार्फत युवाले सार्वजनिक आह्वान गरेका छन् । सरकारलाई खबरदारी गर्न युवाहरुले भोलि काठमाडौमा पनि प्रदर्शन गर्दै छन् ।
विराटनगरमा हातमा एउटा पुस्तक बोकेर र आफ्नो लागि चाहिने पम्पलेट बोकेर उपस्थित आह्वान गरिएको छ । विराटनगरमा एकदेखि दुई घण्टासम्म प्रदर्शन गर्ने तयारी भएको जनाइएको छ ।
कापी, किताब, स्कुल र कलेज ड्रेसमा सहभागी हुन आह्वान गरिएको छ । विराटनगरमा प्रदर्शन हुने भएपछि सुरक्षा सतर्कता समेत बढाइएको छ ।
जनजी आन्दाेलन राजनीतिक रुपमा गर्न लागिएकाे भन्दै प्रधानमन्त्री केपी ओलीले आज टिप्पणी गरेका थिए ।