Premier Cables
Premier Steel

समाचार

‘जेनजी’ आन्दोलनमा प्रहरीको गोलीबाट कम्तिमा १५ जनाको मृत्यु, २ सयभन्दा बढी घाइते

Calendar सोमबार, भाद्र २३, २०८२  | साँझ ५:२२ बजे

काठमाडौं । काठमाडौंको बानेश्वर केन्द्रित ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोलीका कारण अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको छ।

ट्रमा सेन्टरमा ७, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा २, त्रिवि शिक्षण अस्पताल र केएमसीमा १र१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

बिज्ञापन

विभिन्न अस्पतालहरूमा हाल २ सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ। सिभिल अस्पतालमा १००, ट्रमा सेन्टरमा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीर अस्पतालमा ७ र पाटन अस्पतालमा ४ जना घाइते भर्ना भएका छन्।

एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थामा छन्। ट्रमा सेन्टरका डा। दीपेन्द्र पाण्डेका अनुसार ट्रमामा १० जना गम्भीर अवस्थामा उपचाररत छन्, जसलाई टाउको र छातीमा गोली लागेको छ।

प्रदर्शन नियन्त्रणका लागि प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो। घाइतेहरू ट्रमा, सिभिल, एभरेस्टलगायतका अस्पतालहरूमा उपचाररत छन्।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ता सडकमा उत्रिएको हो। काठमाडौंसहित देशका विभिन्न मुख्य सहरहरूमा प्रदर्शन जारी छन्। मृतकको संख्या अरु बढ्न सक्ने बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka