Premier Cables
Premier Steel

खेलकुद विराटनगर

एनपीएल‌ ट्रफी टुर: घुमाइयो विराटनगर (फोटो)

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २१, २०८२  | साँझ ७:५७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाल प्रिमियर लिग ९(एनपीएल) को ट्रफी टुर कोशीको राजधानी विराटनगरबाट सुरु हुने भएको छ।

क्यान र विराटनगर किंग्सको सहकार्यमा भदौ २१ देखि २३ गतेसम्म कोशी प्रदेशका विभिन्न शहरहरूमा ट्रफी प्रदर्शन गरिनेछ।

बिज्ञापन

आज ट्रफी ल्याइएपछि मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीलगायत विराटनगर विमानस्थलमा पुगेका थिए । त्यसपछि ट्रफीलाई नगरभर घुमाइएको थियो ।

विराटनगर किंग्सले “कोशीको शान, हाम्रो पहिचान” नारासहित यसपटक कोशी प्रदेशको प्रतिनिधित्व गर्दैछ। टिमले सबै समर्थकलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको थियो।

क्यानका अनुसार, यस वर्षको एनपीएलमा आठ टिम सहभागी हुनेछन् र प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म चल्नेछ। दोस्रो संस्करणका केही खेलहरू रातिमा पनि आयोजना हुनेछन्। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराएर उपाधि जितेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka