Premier Cables
Premier Steel

खेलकुद

उत्कृष्ट बन्ने विराटनगर किंग्सको लक्ष्य, के छ ब्याटिङ लाइनअप?

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०१, २०८२  | राती ८:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कोसी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किंग्स तयारी अवस्थामा छ। एमएडी ड्रिम स्पोटर्स प्रा.लि.को स्वामित्वमा रहेको यो टिमले पूर्वी नेपालको सानको रुपमा मैदानमा प्रवेश गर्नेछ।

यसैबीच, सन्दीप लामिछानेलाई टोलीको मार्की खेलाडीका रुपमा समेटिएको छ र कप्तानीको जिम्मेवारी पनि सन्दीपलाई नै दिइएको छ।

बिज्ञापन

विराटनगर किंग्सले यस संस्करणको लागि ६ विदेशी खेलाडीलाई भित्र्याएको छ, जसमा दक्षिण अफ्रिकाका चर्चित खेलाडी फाफ डू प्लेसिस विशेष ध्यान आकर्षित गर्दैछन्। डू प्लेसिस दक्षिण अफ्रिकाका पूर्वकप्तान हुन् र उनले टी–२० क्रिकेटमा ११,९०६ रन बनाएका छन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले ५,५०७ रन बनाएका छन्।

विराटनगर किंग्सले न्युजिल्यान्डका मार्टिन गप्टिललाई निरन्तरता दिएको छ। गप्टिल, जसले २०१५ को एकदिवसीय विश्वकपमा २३७ रनको ऐतिहासिक पारी खेलेर कीर्तिमान बनाएका थिए, पहिलो संस्करणमा पनि विराटनगर किंग्सका लागि खेलेका थिए। यसपटक पनि गप्टिलको योगदान महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

टिमले अन्य विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका मर्चान्ट डे लांगे, अस्ट्रेलियाका साम हेजलिट, स्कटल्यान्डका जर्ज मुन्से र अमेरिकाका सुवम राञ्जनेलाई अनुबन्ध गरेको छ।

सन्दीप लामिछानेसँगै विकेटकिपर लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई पनि रिटेन गरिएको छ। अक्सनबाट सूर्य तामाङ, नारायण जोशी, साहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई अनुबन्ध गरिएको छ। त्यस्तै, ट्यालेन्ट हन्टबाट आयुष न्यौपानेलाई टोलीमा समावेश गरिएको छ।

विराटनगरको ब्याटिङ लाइनअप

विराटनगर किंग्सको ब्याटिङ विभाग यस पटक बलियो देखिन्छ, जहाँ फाफ डू प्लेसिस र मार्टिन गप्टिलजस्ता विस्फोटक ब्याटरहरूको उपस्थिति छ। गप्टिल र डू प्लेसिस दुबै क्रिकेट जगतका चर्चित नाम हुन् र यी दुवै ब्याटर इनिङको शीर्षक्रममा जोखिम उठाउनका लागि परिचित छन्।

गप्टिलले एनपीएलको पहिलो संस्करणमा ६ खेल खेल्दा १३७ रन बनाएका थिए, जसमा एक अर्धशतक समावेश थियो। यस संस्करणमा उनको प्रदर्शन मुख्य आकर्षण हुनेछ। फाफ डू प्लेसिसको अनुभव र क्षमता पनि विराटनगरको ब्याटिङलाई मजबुत बनाउनेछ।

नेपाली खेलाडीको योगदान

नेपाली खेलाडीहरूमध्ये कप्तान सन्दीप लामिछाने र विकेटकिपर लोकेश बम विशेष ध्यान आकर्षित गर्ने खेलाडी हुनेछन्। गत सिजन सन्दीपले ७ खेलमा ७ विकेट लिएका थिए, जबकि लोकेशले १३१ रन बनाएका थिए, जसमा एक अर्धशतक पनि समावेश थियो।

विराटनगरको लक्ष्य

विराटनगर किंग्सले अघिल्लो सिजनमा छैटौँ स्थानमा रही प्रतियोगिता समाप्त गरेको थियो। समूह चरणमा ७ खेलमा ६ अंक मात्र जोड्न सकेको थियो। यस पटक टोलीले आफ्नो छवि सुधार्ने र उच्च स्थानमा पुग्ने लक्ष्यमा छ।

पछिल्लो सिजनको निराशाजनक प्रदर्शनलाई पछाडि पार्दै विराटनगर यस पटक चर्चित विदेशी खेलाडीसहित आफ्नो टिमलाई बलियो बनाउन र प्रतियोगितामा सफलता प्राप्त गर्न उत्साहित देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka