Premier Cables
Premier Steel

शिक्षा

फेसबुकमा ‘मेयरका २-३ वटी श्रीमती’ लेखेपछि सुनसरीको कोशी स्कुलमा बबाल

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न १:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–८ स्थित कोशी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बोहोराको सरुवाले चर्को विवाद र आन्दोलन निम्त्याएको छ। एक फेसबुक स्टाटस लेखेको आरोपमा भएको सरुवा ‘दण्डात्मक कारबाही’ भएको भन्दै विद्यार्थी, अभिभावक र स्थानीय आन्दोलित भएका छन्।

शिक्षक बोहोराले शुक्रबार आफ्नो फेसबुक स्टाटसमा कसैको नाम उल्लेख नगरी लेखेका थिए, “२/३ वटी श्रीमती बिहे गरेका मेयर र वडाअध्यक्षहरूले कार्यक्रमपिच्छे पालैपालो श्रीमतीहरूलाई लगेर कार्यक्रममा प्रत्येकलाई प्रथम महिला भन्दै सम्बोधन गरेको सुन्छु। खासमा प्रथम महिला भनेको को हो?”

विज्ञापन

यस स्टाटसपछि शनिबार नगरप्रमुख रमेश कार्कीले शिक्षक बोहोरालाई इलाका प्रहरी कार्यालयमा बोलाई गालीगलौज गर्दै स्टाटस मेट्न दबाब दिएका थिए। बोहोराले स्टाटस मेटाए पनि आफूलाई धम्क्याउँदै सूर्यकुण्डमा काज सरुवा गर्ने चेतावनी दिइएको बताए। सोही दिन शिक्षा समितिले उनलाई नगरको पहाडी क्षेत्र सूर्यकुण्डमा सरुवा गरिदिएको थियो।

विद्यार्थी र अभिभावकको विरोध

शिक्षक बोहोराको सरुवा सूचना बाहिरिएपछि विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्। उनीहरूले विद्यालय प्रांगणमा नाराबाजी गर्दै सरुवा बदरको माग गरेका छन्। अभिभावकले समेत विद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै नियमित कक्षा सञ्चालनको माग गरेका छन्।

तर विद्यालय प्रशासनको तर्फबाट आन्दोलनकारी विद्यार्थीलाई ‘रेस्टिकेट’ गर्ने चेतावनी दिइएपछि स्थिति थप तनावग्रस्त भएको छ।

विद्यार्थी आन्दोलन सातौं दिनमा पुग्दासम्म विद्यालय परिसरमा हतियारधारी जनपद प्रहरी प्रवेश गराइएको छ भने सशस्त्र प्रहरी विद्यालय बाहिर तैनाथ गरिएको छ। यो अवस्थाले बालबालिकामा त्रास फैलिएको छ।

बाल अधिकारसम्बन्धी ऐन २०७५ अनुसार, कुनै पनि निकाय वा व्यक्तिले बालबालिकाको शैक्षिक वातावरण विथोल्न नपाउने उल्लेख छ। त्यस्तै, फौजदारी संहिताको दफा १२४ र १२५ अनुसार सार्वजनिक स्थानमा हतियार प्रदर्शन गर्नु कानुनविपरीत कार्य हो।

विद्यालयका पूर्वशिक्षक रत्न राउतका अनुसार, शिक्षक बोहोरालाई बारम्बार सरुवा गर्न दबाब दिने प्रयास हुँदै आएको थियो। नगरपालिकाको शिक्षा शाखाले विद्यालय व्यवस्थापन समितिको सिफारिसमा सरुवा गरिएको बताएको छ भने समितिले भने नगरप्रमुखकै आदेशमा निर्णय गरिएको बताएको छ।

प्रधानाध्यापक बालकृष्ण अधिकारीले सरुवाको सिफारिस गरेका थिए। उनी स्वयं शिक्षा समितिका सदस्य पनि हुन्। शिक्षक बोहोराले सहायक प्रधानाध्यापकको लागि दरखास्त दिएका थिए, तर समितिले दरपीठ गर्दै कनिष्ठ शिक्षकलाई नियुक्त गरेको थियो। यसैप्रति असन्तुष्टि जनाउँदै बोहोराले शिक्षा ऐन र नियमावलीको हवाला दिँदै पाँच पृष्ठ लामो असन्तुष्टिपत्र बुझाएका थिए।

उत्पन्न विवादबारे नगरप्रमुख रमेश कार्की मौन छन् भने शिक्षा समिति पनि सार्वजनिक रुपमा कुनै धारणा दिनबाट टाढा रहेको अभिभावकहरूको आरोप छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka