Premier Cables
Premier Steel

समाचार

डिपिएस स्कूलमा ‘द कप स्टोरी मासिक धर्म सचेतना कार्यक्रम सम्पन्न

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०९, २०८२  | बिहान १०:१६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले रोटरी एक्शन ग्रुप फर मेन्स्ट्रुअल हाइजिन को सहकार्यमा “द कप स्टोरी” शीर्षकमा मासिक धर्म सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रम दिल्ली पब्लिक स्कुल (डिपिएस) विराटनगरमा आयोजना गरिएको थियो जहाँ विद्यालयका लगभग ६० जना महिला कर्मचारी तथा शिक्षिकाहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा प्रशिक्षकको भूमिका क्लबकी सदस्य रोटेरियन गिरिजा सरडाले निर्वाह गरेकी थिइन ।

कार्यक्रमको उद्देश्य महिलाहरूलाई दिगो, स्वास्थ्यप्रद र वातावरणमैत्री मासिक धर्म व्यवस्थापनका उपायहरूबारे जानकारी दिनु रहेको थियो। सहभागीहरूले मासिक धर्मसम्बन्धी वैज्ञानिक जानकारी, सुरक्षित अभ्यास र वातावरणमैत्री विकल्पबारे विस्तृत रुपमा बुझ्ने अवसर पाए।

यस पहलमार्फत महिलाहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै मासिक धर्मलाई लिएर समाजमा विद्यमान संकोच र मौनता तोड्न सहयोग पुगेको आयोजकहरूले बताए।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनका अनुसार यस कार्यक्रमले स्वास्थ्य, वातावरणीय दिगोपन र महिला सशक्तीकरण तीनै पक्षलाई सँगसँगै अगाडि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka