






विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन द्वारा आयोजित “ब्रेकिङ द ग्लास सीलिङ थ्रू पर्पज: महिला नेतृत्वमा CSR र दिगो विकास” विषयक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा मुख्य अतिथि मेरिना रञ्जित, चौधरी ग्रुप की CSR प्रमुख, थिइन्।
कार्यक्रममा HERD Nepal का कार्यकारी निर्देशक, राकेशज्यू; , Chaudhary Food का प्रदेश प्रमुख राजेन्द्र मास्के; तथा चौधरी ग्रुपका प्रदेश सल्लाहकार केशव निरला को उपस्थिति थियो।
अतिथिहरूले व्यवसायिक क्षेत्रमा महिलाहरुको नेतृत्व, CSR र दिगो विकासका परियोजनामा प्रभावकारी योगदान, र व्यवहारिक अनुभवहरू साझा गर्दै उपस्थित सबैलाई प्रेरणा प्रदान गरे। सहभागीहरूले अन्तरक्रियात्मक सत्रमा सक्रिय सहभागिता जनाए।
रोटरी क्लब अफ विराटनगर डाउनटाउन ले महिलामैत्री नेतृत्व र सामाजिक उत्तरदायित्वमा महिलाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको जनाएको छ।