Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका माओवादी सांसदको चेतावनी : कांग्रेस–एमालेले ८४ सम्म पर्खनु

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बुधबार, भाद्र ०४, २०८२  | अपराह्न २:४५ बजे

विराटनगर । कोसी प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रका सांसद दुर्गा प्रसाद चापागाईंले दुई दल सरकार संचालन गर्न संघीय र प्रदेशमा असफल भएको दाबी आरोप लगाएका छन् ।

सरकार देखिने र सुनिनेमात्र नभएर जनताले महसुस हुनुपर्ने भन्दै उनले जहाँ सरकार त्यहाँ भ्रष्टचार भन्दै कटाक्ष गरे । आफू र आफ्नालाई मात्र जोगाउने तर्फ सरकार लागेको उनको आरोप छ । ‘‘चर्चित मेयरले कालेकाले मिलेर खाउँ भाले’’ भनेर दिएको अभिव्यक्ति सार्थक भएको बताए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको आफ्नै आफ्नै भूमिका हुने पनि न्यायपालिकाको हस्तक्षेप बढेको बताए ।

बिज्ञापन

उनले भने,‘‘संवैधानिक परिषद्मा जनजाति महिलाको प्रतिनिधित्व गरिरहेकी उपसभामुख हटाउन खोजिएको छ । कोसी प्रदेशमा पनि सभामुख हटाउने प्रयास भई रहेको छ । प्रदेशको अस्थिरताको भारी सभालाई बोकाउन हुँदैन ।’’ उनले कामकाजी भाषाको रुपमा अन्य भाषा पनि समावेश गरिनु पर्ने माग गरे । हतार हतार विपक्षीको विधेयक फेल गराएर आफ्नै विधेयक ल्याएको आरोप लगाए ।

संघीय गणतन्त्रको जननी पुस्पकमल दाहाल प्रचण्ड भएको बताए । विपक्षीको सकारात्मक दबाबपछि भाषा विधेयक आएको मात्र नभई यो सम्पूर्ण व्यवस्थाको जस प्रचण्डको भएको भन्दै युग युगसम्म चर्चा हुने दाबी गरे ।

लगानी सम्मेलनपछि कति बजेट आयो ? भन्ने प्रश्न गर्दै उनले नियमित काममा मात्र सरकार अल्मलिएको र आफ्ना संरचनासमेत बनाउन नसकेको टिप्पणी गरे । संख्याको घमण्ड नगर्न र मुक्त हुन आग्रह गर्दै २०६४ को निर्वाचनमा दोस्रो र तेस्रो दल रहेको स्मरण गराउँदै त्यसबेलै जनताले विकल्प खोजेको र अब ८४ सम्म पर्खन आग्रह गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka