Premier Cables
Premier Steel

अर्थ

नयाँ इभी एसयूभी ‘दिपल एस०५’, यस्ता छन् फिचर्स

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ३०, २०८२  | साँझ ५:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले नयाँ कम्प्याक्ट एसयूभी ‘दिपल एस०५’ सार्वजनिक गर्ने तयारी गरेको छ। दिपल एस०७ को सफलतापछि कम्पनीले एस०५ मार्फत परिस्कृत डिजाइन र अत्याधुनिक फिचरसहितको सवारी ल्याउन लागेको हो।

आईएफ डिजाइन अवार्ड विजेता एस०५ मा बोल्ड एरोडाइनामिक डिजाइन, फ्रेमलेस डोर र स्टार फिडर इन्स्पायर्ड एलईडी टेललाइट जस्ता आकर्षक विशेषता छन्।

बिज्ञापन

नेपालमै पहिलोपटक ‘जिरो ग्राभिटी’ कम्फर्टसहितको क्विन को–पाइलट सिट प्रदान गरिएको छ, जसमा भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फङ्सन र ‘वन टच नाप मोड’ सुविधा छन्।

रिमोट इन एन्ड आउट पार्किङ जस्ता स्मार्ट फिचरले साँघुरो स्थानमा सजिलै पार्क गर्न सकिने सुविधा दिन्छ। साथै, विश्वकै ठूला ब्याट्री निर्माता CATL को ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको जीवन अवधि ६ लाख किलोमिटरसम्म रहेको र १५ मिनेटमा ३०–८०% चार्ज हुने दाबी गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka