Premier Cables
Premier Steel

मौसम

कोसीमा मध्यमदेखि भारी वर्षाको सम्भावना

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | बिहान ७:३६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आज देशभर वर्षा हुने सम्भावना रहेको छ, र मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। पहाडी भू–भागका धेरै स्थानहरू र मधेस प्रदेश लगायत अन्य तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेशको पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा पनि हुनसक्छ।

बिज्ञापन

विभागले राति भने देशभर पूर्णतया बदली रहने जनाएको छ। मधेस प्रदेशसँगै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस, कोसी र वाग्मती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि अत्यधिक भारी वर्षा पनि हुने सम्भावना छ। गण्डकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल, मनसुनको न्यूनचापीय रेखा नेपालको तराई नजिक उत्तरतिर सरेको छ, जसका कारण तराईका केही स्थानहरूमा भारी र अत्यधिक भारी वर्षाको सम्भावना रहेको विभागले स्पष्ट पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka