Premier Cables
Premier Steel

मौसम

मौसमविद् भन्छन्, ‘आजदेखि धेरै भागमा वर्षा हुन्छ, उखरमाउलो गर्मी भाग्छ’

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बुधबार, जेठ २८, २०८२  | बिहान ८:०९ बजे

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको मौसम तथा विज्ञान विभागले जनाएको छ । कतिपय भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बिज्ञापन

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौंमा आज वर्षा हुनेछ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो, साँझ र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । “हिजो जस्तै आज पनि काठमाडौंमा दिउँसो १२ बजेपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन् ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आजबाट पानी पर्नेक्रम सुरु भएको मौसमविद् मानन्धर बताउँछिन् । “आजबाट पानी पर्नेक्रम सुरु भयो । अब हरेक दिनजसो पानी पर्छ,” मौसमविद् मानन्धर बाह्रखरीसँग भन्छिन्, “अब सुक्खा मौसम सकियो । अब नियमित जस्तै पानी पर्ने भएकाले सुक्खा हुँदैन ।”

यो हप्ताको अन्तिमसम्म कोसी प्रदेशमा रहेको मनसुन अन्य प्रदेशमा पुग्ने उनले बताइन् । “यो साताको अन्तिम अथवा अर्को हप्ताको सुरुसम्म मनसुन कोसीबाट अन्य प्रदेशमा पनि फैलिनेछ,” उनले भनिन् ।

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka