Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा जन्माष्टमीकाे अवसरमा अविर्भाव महाेत्सव

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | साँझ ५:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर वडा नं. १० स्थित नमस्कार होटल गल्लीमा अवस्थित कृष्ण लाइफ संस्थाले यस वर्ष पनि भगवान श्रीकृष्णको जन्मोत्सव (अविर्भाव दिवस) हर्षोल्लासपूर्वक मनाउने तयारी गरेको छ।

संस्थाका अध्यक्ष साधु शरण प्रधानले पत्रकार सम्मेलन गर्दै श्रावण ३१ गते, शनिबारका दिन बिहान ४ बजेदेखि मध्यराति १ बजेसम्म विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन्। कार्यक्रम सिटी पार्टी होटल एण्ड रिसोर्ट, न्युरो गल्ली, विराटनगर-९ मा सम्पन्न हुनेछ।

बिज्ञापन

संस्थाका प्रतिनिधि सिद्ध स्वरूप दासका अनुसार कार्यक्रम अन्तर्गत कीर्तन, प्रवचन, यज्ञ, नाटक, मध्यरातमा विशेष महाआरती, सांस्कृतिक प्रस्तुति, तथा निःशुल्क प्रसाद वितरण गरिनेछ। साथै, राधाकृष्ण मन्दिरद्वारा आयोजना गरिने रथ यात्रामा संस्था सक्रिय सहभागिता जनाउनेछ। सो अवसरमा संस्थाको सम्पर्क कार्यालयको मुख्य गेटबाट निःशुल्क प्रसाद वितरणको व्यवस्था पनि गरिनेछ।

दासका अनुसार इस्कोन विराटनगरमा उत्पन्न विवादका कारण कृष्ण लाइफ संस्था स्थापनामा आएको हो। हाल विराटनगरसँगै विर्तामोड र भैरहवा क्षेत्रमा पनि सिद्ध स्वरूप दासले संस्थाको जिम्मेवारी सम्हालिरहेका छन्। उनले इस्कोनमा चाँडै एकता हुने आशा व्यक्त गर्दै भगवान श्रीकृष्णको भक्ति सबैले गर्न पाउने अधिकार भएको बताए। उनका अनुसार इस्कोनजस्ता संस्था एक होइन, आवश्यकतानुसार धेरै हुन सक्ने विचार व्यक्त गरे।

आयोजकले “हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम, राम राम हरे हरे” महामन्त्रका साथ सबै श्रद्धालु भक्तजनलाई कार्यक्रममा उपस्थित भई शोभा बढाइदिन आग्रह गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka