Premier Cables
Premier Steel

विराटनगर

कृष्ण रासमा झुम्यो विराटनगरको युवापुस्ता (हेर्नुहोस् तस्बिरमा)

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ३१, २०८२  | अपराह्न १:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा आयोजित धार्मिक कार्यक्रममा युवापुस्ताको उल्लेखनीय सहभागिता देखिएको छ। हिन्दू धर्मावलम्बीहरूमाझ विशेष महत्व राख्ने यस पर्वमा देशभरका मन्दिरहरूमा पूजा, भजन तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना भएका छन्।

बिज्ञापन

विराटनगरमा इस्कोन विराटनगरद्वारा आयोजित विशेष कार्यक्रमले युवाहरूको आकर्षण बढाएको देखिएको छ। मेनरोडस्थित जैन भवनमा आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षण थियो – श्रीकृष्ण रासलीला र भजन किर्तन। कार्यक्रममा सहभागी युवा पुरुष तथा महिलाहरू श्रीकृष्ण र राधिकाको भेषमा सजिएर भक्तिभावमा झुमेका थिए।

सांस्कृतिक प्रस्तुतिहरू, नृत्य, रासलीला, र सामूहिक भजनले कार्यक्रमलाई भक्तिमय वातावरणमा परिणत गर्‍यो। युवाहरूको सक्रिय सहभागिताले धार्मिक चाडमा पुस्तान्तरण हुँदै गरेको सांस्कृतिक चेतना झल्किएको देखिएको छ।

कार्यक्रममा स्थानीय भक्तजन, साधु–सन्त, इस्कोनका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको पनि उपस्थिति थियो। आयोजकका अनुसार यस्तो प्रकारका कार्यक्रममा युवापुस्ताको बढ्दो रुचि उत्साहजनक छ र यसले धार्मिक तथा सांस्कृतिक चेतना प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka