Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

रडार समस्यापछि एयर इन्डियाको विमान चेन्नईमा आपतकालीन अवतरण

नोट: यो समाचार २ महिना अघिको हो

Calendar सोमबार, साउन २६, २०८२  | बिहान ११:४१ बजे

काठमाडौं । भारतको केरलाबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको एक विमानले रडार प्रणालीमा समस्या देखिएपछि आइतबार राति चेन्नई विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।

विमानमा कांग्रेस महासचिव के.सी. वेणुगोपाल, यूडीएफ संयोजक अधूर प्रकाश, वरिष्ठ कांग्रेस नेता कोडिकुन्निल सुरेश, के. राधाकृष्णन लगायत केरलाका चार र तमिलनाडुका एक सांसद रोबर्ट ब्रुस सहित केही वरिष्ठ नेताहरू सवार थिए।

बिज्ञापन

अवतरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै के.सी. वेणुगोपालले घटनालाई ठूलो दुर्घटनाबाट जोगिएको अनुभवका रूपमा वर्णन गरे। “रडारमा खराबी भएपछि चालक दलले आपतकालीन अवतरण गर्नुपर्‍यो। हामी करिब एक घण्टा दस मिनेट आकाशमै थियौं,” उनले बताए। साथै, उनले नागरिक उड्डयन महानिर्देशक (DGCA) लाई यसबारे जानकारी गराइसकेको उल्लेख गरे।

सबै यात्रु सुरक्षित भए पनि यो घटनाले हवाई ट्राफिक समन्वय र रनवेमा सुरक्षा सम्बन्धी सवालहरू उठाएको छ। प्रारम्भिक रिपोर्ट अनुसार, रडारमा खराबी देखिएपछि विमान डाइभर्ट गरिएको थियो। तर पहिलो अवतरण प्रयासको बेला रनवेमा अर्को विमान रहेको पाइएकोले स्थिति थप गम्भीर बनेको द स्टेट्सम्यानले जनाएको छ । ।

चेन्नई विमानस्थलका अधिकारीहरूले भने अहिलेसम्म यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka