Premier Cables
Premier Steel

विराटनगर

महिला उद्यम समितिको तीजोत्सव भव्यतापूर्वक सम्पन्न

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | साँझ ५:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हरितालिका तीजको अवसरमा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले तिजोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको औपचारिक सत्रमा स्वागत मन्तव्य राख्सदै समितिकी संयोजक श्रुती श्रर्माले तीज पर्वको शुभकामना दिइन ।

बिज्ञापन

आफ्नो व्यक्तिगत, व्यवसायिक, सामाजिक र राजनीतिक जीवनमा योगदानका लागि महिला बढ्नु पर्ने आवश्यकता रहेको औँल्याइन ।‌

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथि थिइन् ।‌

विशिष्ठ अतिथिको रुपमा बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष श्रीमती अमृता कुमारी गच्छदार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशकी उप-सचिव जानुका न्यौपाने, नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष गिरिजा सारडा, जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी नायव उपरीक्षक कोपिला चुँडाल र नेपाल पत्रकार महासंघकी अध्यक्ष सुशीला पाठकको उपस्थिति रहेको थियो ।

सोही क्रममा विराटनगर महानगरपालिकाकी उप–मेयर शिल्पा निराला कार्कीले पनि तिजोत्सव २०८२ आयोजक र उपस्थित सबैलाई तिजको शुभकामना दिनु भई आफूले विगत देखि नै महिलाहरुले समानता र स्वतन्त्रताको लागि संघर्ष गर्दै आएको, संविधानमा महिलाहरुकालागि गरिएको ३३ प्रतिशतको आरक्षणको व्यवस्थाले महिला अधिकार सुनिश्चित नहुने हुँदा त्यसलाई ५० प्रतिशत गर्नुपर्ने बताइन् ।

अतिथि नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठकले तिज पर्वको शुभकामना व्यक्त गर्दै समयक्रममा भएका हरेक परिवर्तन सँगसँगै महिलाका हक अधिकारका आवाज सुनिश्चितताका लागि आवाज उठाउनु पर्ने बताइन् ।‌

संघको महिला उद्यम समितिद्वारा आयोजित उक्त तिजोत्सव २०८२ कार्यक्रमलाई समितिकी सह–संयोजक साधना झाले सहजीकरण गरेकी थिइन् । सचिव जीना श्रेष्ठले सो कार्यक्रमलाई संचालन गररिन

तिजोत्सवमा औपचारिक सत्र पश्चात् शुभकामना आदान प्रदान, कविता वाचन, मनोरञ्जनात्मक खेल, साँगितिक र चियापान कार्यक्रमहरु समावेश गरिएका थिए ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa