Premier Cables
Premier Steel

विराटनगर

महिला उद्यम समितिको तीजोत्सव भव्यतापूर्वक सम्पन्न

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शुक्रबार, साउन २३, २०८२  | साँझ ५:५० बजे

विराटनगर । हरितालिका तीजको अवसरमा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले तिजोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको औपचारिक सत्रमा स्वागत मन्तव्य राख्सदै समितिकी संयोजक श्रुती श्रर्माले तीज पर्वको शुभकामना दिइन ।

बिज्ञापन

आफ्नो व्यक्तिगत, व्यवसायिक, सामाजिक र राजनीतिक जीवनमा योगदानका लागि महिला बढ्नु पर्ने आवश्यकता रहेको औँल्याइन ।‌

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथि थिइन् ।‌

विशिष्ठ अतिथिको रुपमा बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष श्रीमती अमृता कुमारी गच्छदार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशकी उप-सचिव जानुका न्यौपाने, नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष गिरिजा सारडा, जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी नायव उपरीक्षक कोपिला चुँडाल र नेपाल पत्रकार महासंघकी अध्यक्ष सुशीला पाठकको उपस्थिति रहेको थियो ।

सोही क्रममा विराटनगर महानगरपालिकाकी उप–मेयर शिल्पा निराला कार्कीले पनि तिजोत्सव २०८२ आयोजक र उपस्थित सबैलाई तिजको शुभकामना दिनु भई आफूले विगत देखि नै महिलाहरुले समानता र स्वतन्त्रताको लागि संघर्ष गर्दै आएको, संविधानमा महिलाहरुकालागि गरिएको ३३ प्रतिशतको आरक्षणको व्यवस्थाले महिला अधिकार सुनिश्चित नहुने हुँदा त्यसलाई ५० प्रतिशत गर्नुपर्ने बताइन् ।

अतिथि नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठकले तिज पर्वको शुभकामना व्यक्त गर्दै समयक्रममा भएका हरेक परिवर्तन सँगसँगै महिलाका हक अधिकारका आवाज सुनिश्चितताका लागि आवाज उठाउनु पर्ने बताइन् ।‌

संघको महिला उद्यम समितिद्वारा आयोजित उक्त तिजोत्सव २०८२ कार्यक्रमलाई समितिकी सह–संयोजक साधना झाले सहजीकरण गरेकी थिइन् । सचिव जीना श्रेष्ठले सो कार्यक्रमलाई संचालन गररिन

तिजोत्सवमा औपचारिक सत्र पश्चात् शुभकामना आदान प्रदान, कविता वाचन, मनोरञ्जनात्मक खेल, साँगितिक र चियापान कार्यक्रमहरु समावेश गरिएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka