Premier Cables
Premier Steel

समाचार

दर्वेसामा कांग्रेसको भव्य तीज कार्यक्रम

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०४, २०८२  | अपराह्न २:१० बजे
Hamro Biratnagar Headlines

दर्वेसा । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ (ख) ले हरितालिका तीजको अवसरमा रङेली नगरपालिका–८, दर्वेसामा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार आयोजित कार्यक्रममा एक हजारभन्दा बढी महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पार्टीभित्र एकता सुदृढ गर्ने र महिलाहरूको महान पर्व तीजको अवसर पारेर सबैलाई एकै स्थानमा भेला गराई पिर–व्यथा भुल्दै रमाइलो गर्न कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस क्षेत्र नं. २ (ख) का सभापति देवेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्दव थापा रहेका थिए। साथै, यदु बिष्ट, मदन सङ्रौला, अमरेन्द्र शाह, मोदराज घिमिरे, इन्दिरा अधिकारीलगायतका नेताहरूले पनि महिलाहरूलाई तीजको शुभकामना व्यक्त गरेका थिए।

शुभकामना आदान–प्रदानपछि सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको थियो, जहाँ सहभागी महिलाहरूले तीजको भाकामा नाचगान गर्दै रमाइलो गरेका थिए।

कार्यक्रममा सहभागी महिलाहरूका लागि विशेष दरको व्यवस्था समेत गरिएको थियो। सभापति बस्नेतका अनुसार, यस्तो कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka