Premier Cables
Premier Steel

राजनीति विराटनगर

तीज मान्न मिनेन्द्र रिजाल विराटनगरमा, महिला संघको भव्य दर

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | राती ९:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल महिला संघ मोरङले बुधबार विराटनगरमा ७८औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम एकै साथ आयोजना गरेको छ।

विराटनगर–२ स्थित उद्योग संगठन मोरङको सभाहलमा आयोजित कार्यक्रममा ठूलो संख्यामा महिलाहरूको उपस्थिति रहेको थियो।

बिज्ञापन

५ सय जनाको क्षमताको हलमा १ हजारभन्दा बढी महिलाहरू उपस्थित थिए । त्यहाँ दर खाने व्यवस्था गरिएकाे थियो । तीजको दरखाने समयमा सहभागी महिलाहरूले ठूलो सहभागिता देखिएकाे थियो।

नेपाल महिला संघ लेटाङकी सभापति इन्दु चौधरीले कार्यक्रम केही कार्यक्रमको अव्यवस्थित देखिएकाे बताइन । मोरङका १७ वटै स्थानीय तहबाट कांग्रेस निकट महिला कार्यकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए।

प्रारम्भमा खुला मैदानमा गर्ने योजना रहेको कार्यक्रम हलमै आयोजना गर्दा आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजाल प्रमुख अतिथि थिए। कार्यक्रम नेपाल महिला संघ मोरङकी सभापति शान्ता पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रायजसो काठमाण्डाैमै रहने नेता रिजाल कार्यक्रममा सहभागी हुन आइपुगेका हुन् ।

उद्घाटन समारोहमा कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, महिला संघ मोरङका उपसभापति विजेता अधिकारी, कांग्रेस विराटनगर–२ का सभापति ज्ञानेश्वर नेपाललगायतले मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन प्रमिला थापाले गरेकी थिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa