Premier Cables

कोशी प्रदेश

कोसी सभाले अस्वीकृत गर्यो भाषा सम्बन्धी गैरसरकारी विधेयक

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २२, २०८२  | साँझ ४:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोसी प्रदेश सभाले लिम्बू र मैथिली भाषालाई प्रदेश सरकारको कामकाजमा प्रयोग गर्न प्रस्ताव गरिएको गैरसरकारी विधेयक अस्वीकृत गरेको छ।

बिहीबार बसेको सभामा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूद्वारा फागुन २८ गते दर्ता गरिएको विधेयक टेबुल भए पनि नेकपा एमाले र नेपाली कांग्रेसले त्यसलाई समर्थन नगर्दा अस्वीकृत भएको हो।

विज्ञापन

सांसद खिनु लङ्वाले विधेयक टेबुल गर्दै त्यसको उद्देश्य स्पष्ट गरेकी थिइन्। सभामुख अम्बर बहादुर बिष्टले विधेयक निर्णयार्थ प्रस्तुत गरे पनि कांग्रेस र एमालेले विपक्षमा मत दिन ह्वीप जारी गरेकाले बहुमतले विधेयक अस्वीकृत गर्‍यो।

यसअघि सरकारले भाषा सम्बन्धी छुट्टै विधेयक अघि बढाउने निर्णय गरेको थियो। साउन १६ गतेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेपछि साउन १८ गते देवनागरी, मैथिली र श्रीजंगा लिपिको प्रयोगसम्बन्धी सरकारी विधेयक दर्ता गरिएको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङका अनुसार यही सरकारी विधेयक आइतबारको बैठकमा टेबुल हुने छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka