Premier Cables
Premier Steel

विराटनगर

निर्माण ढिलाइको विरोध : कटहरीमा सकडमै धान रोपाईं

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २२, २०८२  | साँझ ४:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

कटहरी । मोरङको कटहरी गाउँपालिकामा वर्षौंदेखि निर्माण अलपत्र परेको हुलाकी राजमार्गको विरोधमा स्थानीयले सडकमै धान रोपेका छन्। कटहरी गाउँपालिका–३ कटहरी चोकमा बिहीबार बिहान १० देखि ११ बजेसम्म धान रोपेर प्रतीकात्मक विरोध गरिएको हो।

छ वर्षदेखि निर्माणाधीन रहेको सिंघिया खोलादेखि जुडी खोलासम्मको ६ किमी सडकखण्डको हालसम्म केवल २७ प्रतिशत काम मात्र सम्पन्न भएको छ। वर्षायाममा सडक हिलाम्मे र खाडलले भरिँदा जनजीवन कष्टकर बनेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्।

बिज्ञापन

स्थानीय लक्ष्मीदेवी साहका अनुसार वर्षा भएपछिको सडकमा हिँड्न नसक्ने अवस्था भएपछि धान रोपेर विरोध गर्नुपरेको हो। दीपेेश कामतले भने, “हामी वर्षौंदेखि आन्दोलनमा छौं, तर काम अघि बढेको छैन।”

२०७६ सालमा तीन वर्षमा निर्माण सक्ने गरी श्रेष्ठ कन्स्ट्रक्सनलाई ७६ करोड रुपैयाँमा ठेक्का दिइएको थियो। निर्धारित समयभित्र काम नसकिएपछि म्याद थप गर्दै २०८२ जेठ मसान्तसम्मको समय दिइएको हो। तर निर्माण कार्य अझै सुस्त गतिमा छ।

यही ठेक्का अन्तर्गत मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किमी सडक बनाउने योजना छ, जसको कुल लागत ३ अर्ब ६० करोड रुपैयाँ छ।

श्रेष्ठ कन्स्ट्रक्सनले काम पूरा गर्न नसकेपछि ६ महिना अघि कांग्रेस नेता अभिषेक गिरीलाई पेटी ठेक्का दिएको बताइएको छ।

स्थानीय राजनीतिक दल र संघसंस्थाले पटकपटक आन्दोलन र छलफल गरे पनि निर्माणले गति लिन सकेको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka