Premier Cables
Premier Steel

विराटनगर

दुर्घटनाको जोखिम बन्दै हुलाकी सडक

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०४, २०८३  | बिहान १२:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । वर्षौ देखि जिर्ण अवस्थामा रहेको हुलाकी सडक अहिले दुर्घटनाको जोखिमसमेत निम्त्याउने देखिएको छ।
दैनिक रूपमा आवतजावत गर्ने पैदलयात्री, सवारी साधन , मालबाहक सबारी लगायत विभिन्न मानिसहरूले जोखिम पूर्ण यात्रा गर्न बाध्य हुन्छन्।

सडकभरि परेका ठूला ठूला खाल्डाखुल्डीमा वर्षाको पानी जम्दा सवारी आवागमन निकै जोखिमपूर्ण बनेको छ भने सर्वसाधारणले दैनिक सास्ती खेप्न बाध्य भएका छन्।

बिज्ञापन

स्थानीय बासिन्दाले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक आवतजावत गर्न रोक। लगाए विरोध जनाए पनि सडक मर्मत तथा सुधार का लागि प्रभावकारी पहल हुन सकेको छैन । वर्षौंदेखि समस्या दोहोरिँदै आए पनि समाधानतर्फ कुनै ठोस काम भएको छैन।

यस क्षेत्रबाट निर्वाचित भएका विभिन्न जनप्रतिनिधि तथा सांसदहरूले सडक सुधारको प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको परिणाम देखिन सकेको छैन।

ठूला स्वास्थ्य संस्थाहरू रहेको विराटनगरलाई जोड्ने हुलाकी राजमार्गको यस्तो जिर्ण अवस्थामा आकस्मिक सेवासमेत प्रभावित भएको छ। एम्बुलेन्स, दमकल
तथा अन्य आपतकालीन सवारीसाधनलाई बिरामी र घाइते बोकेर आवतजावत गर्न कठिनाइ भइरहेको छ।
खाल्डाखुल्डी र जलमग्न सडकका कारण समयमै गन्तव्यमा पुग्न नसक्ने तथा दुर्घटनाको जोखिम बढेको छ।

सम्बन्धित निकायसँग तत्काल सडक मर्मत, पानी निकास तथा खाल्डो पुर्न को लागि उचित व्यवस्था गर्न सरोकारवाला मा ध्यान आकर्षण गराउन चाहन्छौ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa