Premier Cables
Premier Steel

राष्ट्रिय

७ सडक पूर्ण अवरुद्ध, १३ एकतर्फी सञ्चालनमा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | साँझ ७:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । देशभर जारी अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सात मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा यातायात सम्पर्क विच्छेद भएको हो।

अवरुद्ध भएका प्रमुख राजमार्गहरूमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिकामा रहेको नेपाल–चीन नाका जोड्ने पुल, पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालिगण्डकी करिडोर, गुल्मीको रुरु गाउँपालिकास्थित रिडी–तम्घास सडक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड रहेका छन्।

बिज्ञापन

त्यसैगरी, केही सडकहरू एकतर्फी रूपमा सञ्चालनमा छन्। तीमध्ये काठमाडौँको टोखाबाट नुवाकोट जाने सडक, तेह्रथुमको मध्यपहाडी राजमार्ग, महोत्तरीको पूर्व–पश्चिम लोकमार्ग, रसुवाको गल्छी–त्रिशुली सडक, बागलुङ र नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, मुस्ताङको वेनी–जोमसोम सडक, र तनहुँको पृथ्वीराजमार्ग एकतर्फी रूपमा खुलेका छन्।

यस्तै, अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक, दाङको राप्ती राजमार्ग, रोल्पाको सहिद राजमार्ग र दैलेखको दैलेख–सुर्खेत सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरीले नागरिकलाई जोखिमयुक्त स्थानमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka