Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारका सबै सूचक राताम्मै

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | अपराह्न ३:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना नहुँदा बजार २८५७ अंकसम्म झरेको थियो, जुन अंक आजको लागि नै न्यूनतम हो ।

बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज १३ अर्ब ७ करोडको भयो । १६ कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो । सबै समूहका सूचक घटेका छन् ।

विज्ञापन

अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत घट्यो । बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशत घटे ।

दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत ट्रेड टावरको मूल्य ११४८ रुपैयाँ पुगेको छ । थ्रीस्टार हाइड्रोपावरको ४.५५, नारायणी डेभलपमेन्ट बैंकको ३.८६ तथा लुम्बिनी विकास बैंकको २.५० प्रतिशत मूल्य बढ्यो ।

अर्को कम्पनी सान्भी इनर्जीको मूल्य आज सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कम्पनीको मूल्य प्रतिकित्ता ८०२.४० मा झरेको छ । त्यस्तै समता घरेलु लघुवित्तको ९.९६, ग्रिन भेन्चर्सको ५.७७, सिक्लेस हाइड्रोपावरको ५.५८ तथा उन्नति सहकार्य लघुवित्तको ५.५२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka