Premier Cables
Premier Steel

विराटनगर समाचार

विराटनगरमा टेस्ला कार दुर्घटना, चालक सकुशल

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन १७, २०८२  | साँझ ६:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित आयल निगम उत्तरतर्फको कोशी राजमार्गमा आज दिउँसो कार दुर्घटना भएको छ।

उत्तरबाट दक्षिणतर्फ गइरहेको बागमती प्रदेश ०१–०२७च ४५३४ नम्बरको टेस्ला कार सडकको बीचभागमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

ट्राफिक प्रहरीका अनुसार कार अत्यधिक गतिमा गुडिरहेको र पानी परेका कारण सडक चिप्लिएर अनियन्त्रित हुँदै डिभाइडरमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ।

साढे ३ करोड रुपैयाँ मूल्य बराबरको उक्त कार विराटनगरकै जयश लुनियाले चलाइरहेका थिए। दुर्घटनामा मानवीय क्षति नभएको र चालक सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

हाल घटनास्थलमा ट्राफिक टोली पुगेर दुर्घटनासम्बन्धी विवरण संकलन गरिरहेको छ। साे दुर्घटना सप्तकाेसी पार्टी प्यालेस नजिकै भएकाे बताइएकाे छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa