Premier Cables
Premier Steel

राष्ट्रिय

एसिसयन हाईवे : पथरी क्षेत्रमा किन सडक साँघुरो ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | बिहान १०:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । निर्माणाधीन पूर्वपश्चिम राजमार्ग (एसियन हाईवे) अन्तर्गत मोरङको पथरीक्षेत्रमा बाटोको चौडाई विस्तार गर्न स्थानीयले माग गरेका छन् ।

अहिले यो सडक झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्म विस्तारको क्रममा छ । पहिले नै बनेको डीपीआर अनुसार अर्ध सहरी क्षेत्रमा परेको पथरीमा सडकको चौडाई २५ मिटर मात्र रहेको छ । त्यसलाई बढाएर ३५ मिटर गरिनु पर्ने नेपाल आदिवासी जनजाति महासंघका नेता तथा स्थानीय अर्जुन जम्नेली राईले बताए ।

बिज्ञापन

सडक चौडा गर्ने विषयमा पटक पटक छलफल भएपनि यसबारे सम्बन्धित निकायले खासै चासो नदिएको राईले गुनासो गरे ।

पचास मिटर चौडाको सडक अर्धसहरी क्षेत्रहरुमा भने २५ मिटर कायम गरिएको छ । अहिले यो सडक एसियाली विकास बैंकको सहयोगमा निर्माण जारी छ । मोरङको लक्ष्मीमार्ग क्षेत्रमा कालोपत्रे पनि भइसकेको छ ।

पथरीशनिश्चरेका मेयर मोहनप्रसाद तुम्वापोले सम्बन्धित पक्ष र संघीय सरकारको समेत यस विषयमा ध्यानाकर्षण गराइएको बताएका छन् । उनले भने,‘‘पहिले डीपीआर बन्दा पथरी अर्ध सहरी अवस्थामा थियो तर अहिले सहरीकरण भई सकेकोले नगरपालिकाको तर्फबाट समेत सडक फराकिलो गर्न माग गरेका छौं ।’’

मेयर राईले फेरि डीपीआर परिवर्तन गरी सडक फराकिलो बनाउन भने समय लाग्ने जानकारी आएको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka