Premier Cables
Premier Steel

विराटनगर शिक्षा

प्रविधिमा प्राप्त ज्ञानलाई समाजसँग जोड्नुपर्छ : डा. थपलिया

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न १२:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजुकुमार थपलियाले विद्यार्थीले प्रविधि क्षेत्रमा हासिल गरेको सीपलाई समाजसँग जोड्न आवश्यक रहेको बताएका छन्।

पूर्वाञ्चल विश्वविद्यालय, कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले आइतबार आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उपकुलपति थपलियाले प्रविधि अब केवल व्यक्तिगत प्रयोगमा सीमित नरही समाजको विकाससँग प्रत्यक्ष सम्बन्धित भएको बताए।

बिज्ञापन

उनका अनुसार प्रविधिको प्रयोगले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, र यसले भविष्यमा अझ ठूलो भूमिका खेल्ने छ।

कार्यक्रममा सन् २०१९ मा स्नातक तह (BCA, BIT, B.Tech) मा भर्ना भई हाल उत्तीर्ण भएका ५० जना विद्यार्थीको विदाई गरिएको थियो भने २०२४ मा स्नातक (BCA, BIT, B.Tech) र स्नातकोत्तर (MCA, PGDCA, MIT) तहमा भर्ना भएका १५० नयाँ विद्यार्थीको स्वागत गरिएको थियो।

कलेजका निर्देशक नरेश साहले कार्यक्रममा जानकारी दिँदै भर्ना र स्नातक नतिजा दुवै उत्साहजनक रहेको बताए।

विज्ञान संकायका निमित्त डीन मनोज हलुवाइले नेपालले भारत र चीनबीचको भौगोलिक र रणनीतिक स्थितिलाई उपयोग गर्दै आफ्ना प्रविधिमा आधारित उत्पादनहरू निर्यात गर्न सके अर्थतन्त्रमा उल्लेखनीय सुधार ल्याउन सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा विश्वविद्यालय तथा कलेजका विभिन्न विभाग प्रमुख, प्राध्यापक संघ, विद्यार्थी संगठनका नेता र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।

जनता कलेजका प्रमुख महेश निरौला, प्राध्यापक संघका उपाध्यक्ष जीवनकुमार थापा, व्यवस्थापन संकायकी सह-डीन सोनिला शाक्य, व्यवस्थापन संकाय प्रमुख डा. रमाकान्त दास, विश्वविद्यालयको अनुगमन तथा मूल्यांकन केन्द्रका कार्यकारी निर्देशक उत्तमकुमार रेग्मी, र डा. पवनकुमार झालगायत अतिथिहरूले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई शुभकामना दिएका थिए।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, कविता वाचन लगायतका प्रस्तुतीमार्फत सांस्कृतिक मनोरञ्जन पनि दिएका थिए। कार्यक्रम कलेज निर्देशक नरेश साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka