Premier Cables
Premier Steel

शेयर बजार

१२ अंकले बढेकाे बजार कसरी २ अंक घट्न पुग्याे, के भन्छ नेप्से ?

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | साँझ ६:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आज बजार अन्तिम समयमा १२ अंकले बढेर बन्द भएको थियो। तर, २० मिनेटपछिको नेप्से परिसूचक अद्यावधिक हुँदा भने २ अंकले घट्न पुग्याे ।

अन्तिम १५ मिनेटकाे भारित औसत गणना गर्दा बजार परिसूचकमा करिब ५-६ अंकको फरक देखिने गरेको थियो। तर, आज भने १४ अंक देखिएको छ।

विज्ञापन

अन्तिम १५ मिनेटमा बजार बढ्दाे लयमा रहे पनि ठूलो अंकको अन्तर देखिएपछि लगानीकर्ताले नेप्से परिसूचक गणनामा तीव्र आलोचना गरेका छन् । आजको शेयर बजार गिरावटलाई लिएर लगानीकर्ता सशंकित भएका छन् ।

लगानीकर्ताले सामाजिक संजालमा टिका टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा असन्ताेष बढेपछि नेप्सेले भने यसबारेमा अध्ययन गरिरहेकाे बताएकाे छ । नेप्सेले सूचना जारी गर्दै भनेकाे छ- ‘सरोकारवालाहरुबाट आएको नेप्से परिसूचक गणना फरक परेको भन्ने विषयमा अध्ययन भइरहेको व्यहोरा सबैलाई जानकारी गराउँदछौ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka