Premier Cables
Premier Steel

शेयर बजार

नेप्सेमा लगातार दोस्रो दिन उच्च गिरावट

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | साँझ ४:२४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार दोस्रो दिन उच्च गिरावट आएको छ ।

हिजो बुधबार ४७.९३ अंकले घटेको परिसूचक आज ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा ओर्लिएको छ । आज नेप्से १.०६ प्रतिशतले घटेको छ ।

बिज्ञापन

आज सेन्सेटिभ इण्डेक्स ६.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो १६ अर्ब ४४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको ३ करोड ६८ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ट्रेड टावर र नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।

भूगोल इनर्जी डेभलपमेन्ट कमपनीको सेयर मूल्य सर्वाधिक ७.१० प्रतिशत घटेको छ। आज वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka