Premier Cables
Premier Steel

अर्थ शेयर बजार

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १९, २०८३  | साँझ ४:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २१ दशमलव १५ अंकले घटेर २ हजार ६६३ दशमलव १८ बिन्दुमा झरेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ६६ अंकले घटेर ४६७ दशमलव ९६ बिन्दुमा पुगेको छ । फ्लोट परिसूचक १ दशमलव ४० अंकले घटेर १८३ दशमलव ३३ र सेन्सेटिभ फ्लोट परिसूचक १ दशमलव ८ अंकले घटेर १५८ दशमलव ५७ बिन्दुमा कायम भएको छ ।

बिज्ञापन

आज बजारमा ३२१ कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर किनबेच भएका छन् । कुल ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको सूचक घटेका छन् । आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले लाभ लिएका छन् । यता सप्तकोशी डेभलपमेन्ट बैंक, केबिएल डिबेञ्चर र गुडविल फाइनान्स लिमिटेड डिबेञ्चरलगायतका धितोपत्रका लगानीकर्ताले भने गुमाएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa