Premier Cables
Premier Steel

कोशी प्रदेश

निवृत्तभरण कोष विधेयकमा संशोधनको समय, संघसंस्था विधेयक सभामा

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, साउन १२, २०८२  | साँझ ५:५४ बजे

विराटनगर । कोसी प्रदेश सभामा योगदान मुलक निवृत्तभरण कोष स्थापना तथा संचालन सम्बन्धी छलफल सकिएको छ । यो विधेयमा संशोधन दर्ता गराउन कोसी प्रदेश सभा संचालन नियमावलीअनुसार साउन १५ गते विहीबारसम्म समय दिइएको छ ।

कर्मचारीको वृत्ति विकासका लागि यो कोषको स्थापनालाई महत्वपूर्ण मानिएको छ । सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सामाजिक संघसंस्था सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरेका छन् ।

बिज्ञापन

यसलाई सभाले स्वीकार गरी अब छलफल शुरु हुने छ । यो ऐन कोसी सरकारको स्थापनाको पहिलो कार्यकालमा बनेको थियो । यो ऐनलाई अझ प्रभावकारी बनाउन संशोधन गर्न आवश्यक रहेको मन्त्री राईले बताए ।

संशोधनको लागि उनले प्रस्ताव गरेपछि यसलाई अघि बढाउन सभाले स्विकृति प्रदान गरेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka