Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीमा खडेरीको असर: रोपाइँ रोकियो, सांसद आक्रोशित

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | साँझ ५:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य राजन किरातीले कोसी प्रदेशमा पर्याप्त वर्षा नहुँदा किसानले धान रोप्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले खडेरीका कारण अनिकालको अवस्था आउन सक्ने चेतावनी दिए।

“सिंचाइका लागि बोरिङ सञ्चालन गर्न पर्याप्त विद्युत् भोल्टेजको व्यवस्था हुनु आवश्यक छ,” किरातीले भने। साथै, उनले उदयपुर क्षेत्रमा स्यालो ट्युबेल सञ्चालनमा किसानलाई समस्या भएको पनि जानकारी दिए।

बिज्ञापन

एमालेका सांसद रामदेव यादवले झापा, मोरङ र सुनसरीका किसानहरू पनि खडेरीको मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए। “स्यालो ट्युबेल वितरण भए पनि ट्रान्सफर्मर नजडिँदा सिंचाइ सम्भव भएको छैन,” उनले भने। साथै, उनले पोल, तार र कृषि मिटर उपलब्ध गराउन आग्रह गरे।

माओवादी सांसद गोम्बु शेर्पाले सगरमाथा क्षेत्रमा वर्षौंदेखि थुप्रिएका शवहरू अन्य पर्वतारोहण गर्नेहरूका लागि बाधक बनेको उल्लेख गर्दै ती शव व्यवस्थापनमा सरकारको चासो आवश्यक रहेको बताए।

त्यसैगरी, एमाले सांसद रामप्रसाद महतोले ‘कृषक सबैभन्दा अगाडि’ भन्ने नारासहित ल्याइएको बजेट प्रभावकारी कार्यान्वयनमा नआएको गुनासो गरे। “किसानहरू अहिले मलको अभावमा पीडित छन्, सरकारले यस विषयमा तत्काल कदम चाल्नुपर्छ,” उनले माग राखे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka