Premier Cables
Premier Steel

विराटनगर

विद्युतका ज्यालादारी कर्मचारीद्वारा कोसी प्रदेश कार्यालयमा धर्ना

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | अपराह्न २:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरूले सोमबार कोशी प्रदेश कार्यालयमा धर्ना कार्यक्रम आयोजना गरेका छन्। प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको आयोजनामा सुरु भएको यो धर्ना दुई दिनसम्म चल्ने बताइएको छ।

समितिका अध्यक्ष विनोद गनगाईंले मासिक ज्यालादारीमा कर्मचारीको नियुक्ति गर्नुपर्ने माग राख्दै दुई दिने धर्ना शुरु गरिएको जानकारी दिएका छन्।

बिज्ञापन

२०७८ साल साउन ३१ गते नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले देशभर रहेका ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेको थियो। तर, दुई वर्ष बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको कारण संघर्ष समिति चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेको छ। सोमबारको धर्नामा केन्द्रीय समितिका उपाध्यक्ष सरिता दाहाल र कोशी प्रदेश अध्यक्ष विनोद गनगाईंले नेतृत्व गरेका थिए।

प्राधिकरणको २०७६ को तथ्याङ्कअनुसार देशभर २ हजार ८ सय १३ जना दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन्, जसमा केहीको मृत्यु भइसकेको, केही उमेर हदबन्दी पुगेका कारण सेवा निवृत्त भएका छन् भने कतिपय विदेश गएका छन्।

सरकारले दैनिक ज्यालादारी कर्मचारीलाई हाजिरी गरेको दिनको आधारमा ७ सय ३५ रुपैयाँ ज्याला उपलब्ध गराउँदै आएको छ। तर संघर्ष समितिले दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्त गरी कम्तिमा २५ हजार ७ सय ५० रुपैयाँ मासिक तलब दिनुपर्ने माग राखेको छ। समितिका अनुसार यो तलब पनि प्राधिकरणका अन्य कर्मचारीहरूले पाउने सुविधाको तुलनामा निकै कम रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka