Premier Cables
Premier Steel

कोशी प्रदेश

एआईसँगको संवादमा चकित भए कोसीका प्रदेश सभा सदस्य

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | बिहान ११:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेशका महिला र सीमान्तकृत समुदायका सांसदहरू पहिलोपटक कृत्रिम बुद्धिमत्ता (एआई) को प्रत्यक्ष अनुभवसँग साक्षात्कार हुँदा दंग परे।

‘हामी त वर्षौँदेखि भाषण लेख्न समय खर्चिरहेका थियौं, एआईले त क्षणभरमै मिठो भाषण तयार पारिदियो’, उनीहरूको प्रारम्भिक प्रतिक्रिया थियो। एक सांसदले टिप्पणी गरे, ‘एआई त मान्छेभन्दा पनि बढी दक्ष पो रहेछ ।’

बिज्ञापन

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा रिडेफ नेपालले आयोजना गरेको उक्त तालिममा एआईबाट भाषण, सामाजिक सञ्जालका स्टाटस, र संसदीय प्रस्तुतिका सामग्री कसरी तयार पार्ने भन्ने व्यावहारिक ज्ञान दिइयो। विज्ञानको गहिरो सिद्धान्त वा रोबोट निर्माण होइन, बरु दैनिक राजनीतिक कार्यमा एआईको प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा तालिम केन्द्रित थियो।

प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले ९३ जना सम्पूर्ण सांसदलाई यस्ता तालिम आवश्यक रहेको बताइन्। कांग्रेस सांसद मैया श्रेष्ठले एआईले समय बचाउने र काम सजिलो बनाउने भन्दै युग परिवर्तनको संकेत गरेकी छन्।

माओवादी केन्द्र र एमालेका सांसदहरूले समेत एआईलाई दैनिक जीवनको सहयोगीका रूपमा प्रयोग गर्न थालेको बताए। सहभागीहरूले एआई प्रयोग गर्ने मात्र होइन, त्यसलाई आफ्नो कार्यशैलीमा समावेश गर्ने संकल्प पनि व्यक्त गरे।

आयोजक संस्थाका अध्यक्ष उमेश विश्वकर्माले भने, ‘अब राजनीतिमा पनि कृत्रिम बुद्धिमत्ताको युग सुरु भएको छ।’ तालिमको सहजीकरण डिजिटल मिडिया फोरमका प्रवेश सुवेदीले गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka