Premier Cables

कोशी प्रदेश

कोशी प्रदेश सरकारद्वारा बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | साँझ ५:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयन नगर्ने गरी कटौती गर्ने निर्णय गरेको हो।

विज्ञापन

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार, जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी, र हालैको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि यो निर्णय गरिएको हो।

मन्त्री भण्डारीले पुनर्निर्माणमा आवश्यक खर्च जुटाउन बजेट कटौती गरेर त्यसलाई पुनः व्यवस्थित गरिने जानकारी दिए। सरकारले हाल बजेटलाई पुनर्निर्माणमा केन्द्रित गर्दै तयारी तीव्र बनाएको छ।

त्यस्तै, मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार विकास मन्त्रालयमा मिलन आचार्यलाई सचिव र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा इन्द्र सापकोटालाई सचिव नियुक्त गर्ने निर्णय पनि गरेको छ।

साथै, पुनर्निर्माणमा मात्रै खर्च गर्ने सर्तसहित रकमान्तर (बजेट सार्न) को व्यवस्था खुला गर्ने निर्णय पनि गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka