Premier Cables
Premier Steel

समाचार

कोशी प्रदेशमा आज कोजाग्रत पूर्णिमा बिदा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २०, २०८२  | बिहान १०:३७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकार गृह मन्त्रालयद्वारा प्रकाशित राजपत्रअनुसार विक्रम संवत् २०८१ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेगरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागु हुने बिदा तालिका यसअघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको थियो।

यस अनुसार, कोशी प्रदेशभर सबैलाई लागू हुने सार्वजनिक बिदाहरूमा बैशाख २ गते मंगलबार पर्ने सिरुवा पर्व, असोज २० गते सोमबार पर्ने कोजाग्रत पूर्णिमा, कार्तिक ११ गते मंगलबार पर्ने छठ पर्व सम्पन्न, र कार्तिक २५ गते मंगलबार पर्ने फाल्गुनन्द जयन्ती रहेका छन्।

उक्त सूचनामा प्रदेशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा सम्बन्धित जातजाति र समुदायहरूका लागि लागू हुने थप बिदाहरू छुट्टै अनुसूचीमा समेटिने उल्लेख गरिएको छ। सरकारको यो निर्णयले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्ने उद्देश्य लिएको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka