Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

कोसी प्रदेश सभा बैठक बस्दै, दुई महत्वपूर्ण विधेयकमाथि छलफल र टेबुल हुने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | बिहान १०:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गतको २५औं बैठक आज (सोमबार) बिहान ११ बजे बस्दैछ। बैठकमा दुई महत्वपूर्ण विधेयकमाथि छलफल तथा नयाँ विधेयक टेबुल गर्ने तयारी गरिएको छ।

बैठकको पहिलो कार्यसूचीअनुसार, “योगदानमूलक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सम्बन्धी विगतमा भएको सैद्धान्तिक छलफलका क्रममा उठाइएका प्रश्न र जिज्ञासामाथि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

बिज्ञापन

त्यसपछि दोस्रो कार्यसूचीअनुसार, “सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक” प्रदेश सभामा टेबुल गरिने कार्यक्रम रहेको छ।

बैठकको औपचारिक कार्यसूची प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतम राज अमात्यले सार्वजनिक गरेका हुन्। उनका अनुसार प्रस्तुत विधेयकहरूमा विस्तृत छलफल गर्दै आगामी बैठकहरूमा आवश्यक प्रक्रिया अघि बढाइनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka