Premier Cables
Premier Steel

समाचार

कोसीका दुई राजमार्ग ठप्प ! अविरल वर्षाले देशभर सवारी आवागमन प्रभावित

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | बिहान १०:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । देशभर भइरहेको लगातारको वर्षा र पहिरोका कारण नेपालका प्रमुख ४ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्, जसका कारण यात्रुहरू अलपत्र परेका छन् र सवारी सञ्चालनमा गम्भीर असर परेको छ।

अरनिको राजमार्ग पहिरोका कारण ठप्प छ। विशेषगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारी क्षेत्र पूर्णरूपमा अबरुद्ध भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

बिज्ञापन

त्यस्तै, जाजरकोटको छेडागाड नगरपालिका–३ स्थित दंखेरी भिर गिट्टिखोला खण्डमा पहिरो खसेपछि मध्य पहाडी राजमार्ग पूर्णरूपमा बन्द भएको हो। प्रहरीका अनुसार माथिबाट ठूलो परिमाणमा खसेको पहिरोले सडक छेकेर सवारी आवागमन असम्भव बनाएको छ।

उता पूर्वी नेपालमा तमोर करिडोर र मेची राजमार्गको पाँचथर खण्ड पनि बाढीका कारण अवरुद्ध भएका छन्। हेवा खोलामा आइतबार रातिदेखि आएको बाढीले डाइभर्सन पार गर्दा सडक बन्द भएको हो।

नावा खोलामा बाढी आएपछि तमोर करिडोरको उक्त खण्डमा सवारीसाधन सञ्चालन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिएका छन्।

हाल झोलुङ्गे पुल प्रयोग गरेर मोटरसाइकलहरू मात्र आवतजावत गरिरहेका छन् भने, पानीको सतह घटेपछि डाइभर्सन मर्मत गरी सडक छिट्टै खुलाउने तयारीमा रहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ।

चार ठूला राजमार्गको बन्दले देशभर मालसामान ढुवानीदेखि दैनिक यात्रा गर्ने यात्रुहरू समेत प्रभावित भएका छन्। सडक खुलाउने प्रयास भइरहेको भए पनि निरन्तरको वर्षाले चुनौती थपिएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka