Premier Cables
Premier Steel

अर्थ

सुनसरीका पदाधिकारीलाई मोरङ व्यापार संघको स्वागत

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०९, २०८२  | साँझ ७:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ उद्योग वाणिज्य संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष गोपाल श्रेष्ठसहितको नयाँ कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ।

मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीले सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै मोरङ–सुनसरी औद्योगिक कोरिडोरको विकासका लागि दुवै संघले आपसी सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरे।

बिज्ञापन

कार्यक्रममा पूर्व अध्यक्ष नवीन रिजालले नेपालमा औद्योगिकीकरणको ढोका खोल्ने यस क्षेत्रमा द्विपक्षीय सहकार्य अत्यावश्यक रहेको बताए।

उनले सरकारसँग व्यवसायमैत्री नीति ल्याउन दवाव दिन दुवै संघले संयुक्त पहल गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सुनसरी उद्योग वाणिज्य संघको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउँदै, “नेपालको औद्योगिक विकासका लागि मोरङ–सुनसरी क्षेत्रको संयुक्त भूमिका अपरिहार्य छ,” भने।

कार्यक्रममा मोरङ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला र युवा समितिका सदस्यहरूको उपस्थिति थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka